मुम्बईले तेस्रो जित आत्मसात् गर्दा आठ बलको खेल बाँकी थियो ।
काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल) को पुछारका रहेका दुई टिमबीचको भिडन्तमा मुम्बई इन्डियन्सले सोमबार लखनउ सुपर जायन्ट्सलाई छ विकेटले पराजित गरेको छ । मुम्बईले तेस्रो जित आत्मसात् गर्दा आठ बलको खेल बाँकी थियो ।
यो जितपछि मुम्बईको दस खेलबाट छ अंक छ र नवौं स्थानमा छ । अन्तिम स्थानमा रहेको लखनउ भने चार अंकमा रहेको छ । उसको यो लगातार छैटौं हार हो । दुवै टिमको प्ले अफ जाने सम्भावना असाध्यै कमजोर रहेको छ ।
मुम्बईको वानखेडेमा भएको खेलमा लखनउले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय २८ रन बनाएको थियो । त्यसमा निकोलस पुरनले २१ बलमा सर्वाधिक ६३ रन बनाए ।
जवाफमा मुम्बईले चार विकेट गुमाए २ सय २९ रन बनायो । विजयी टिमका लागि ओपनर रायन रिकेल्टनले ८३ र रोहित शर्माले ८४ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि १ सय ४३ रनको साझेदारी गरेर जितको आधार तयार पारे ।
