बागमती गोल्डकप : बागमती युथको जित

सहिद स्मृति रंगशालामा आइतबार भएको खेलमा बागमतीले साविक विजेता चर्च ब्वाइज युनाइटेड ललितपुरलाई २–१ गोलले पराजित गरेको हो ।

वैशाख २०, २०८३

प्रताप विष्ट

Bagmati Gold Cup: Bagmati Youth wins

हेटौंडा — मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकपमा सर्लाहीको बागमती युथ क्लबले जितेको छ । 

सहिद स्मृति रंगशालामा आइतबार भएको खेलमा बागमतीले साविक विजेता चर्च ब्वाइज युनाइटेड ललितपुरलाई २–१ गोलले पराजित गरेको हो । चर्च ब्वाइजका लागि सुशन मगरले ११ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बागमतीका लागि अनिष महर्जनले खेलको २८ मिनेटमा र कप्तान आयुष मगरले ८८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । 

प्लेयर अफ दि म्याच बागमतीका लागि पहिलो गोल गर्ने महर्जन घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।  

Bagmati Gold Cup: Bagmati Youth wins

बागमती युथले अब सेमिफाइनलमा फ्रेन्डस क्लब ललितपुर र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंबीचको विजेतासँग खेल्ने छ । प्रतियोगितामा सेमिफाइनल खेल २३ गते र २४ गते हुनेछ । फाइनल खेल वैशाख २६ मा हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ हात पार्ने छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully