क्रिकेट अम्पायरको समीक्षात्मक गोष्ठी

नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर संघले नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापनमा अमरावति होटल गौशालामा गोष्ठी गरेको हो ।

वैशाख १९, २०८३

कान्तिपुर संवाददाता

Cricket Umpire Review Seminar

काठमाडौँ — नेपाली क्रिकेट अम्पायरहरूको एकदिने समीक्षात्मक गोष्ठी शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर संघले नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापनमा अमरावति होटल गौशालामा गोष्ठी गरेको हो । 

समीक्षात्मक गोष्ठीमा मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हालै सम्पन्न प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा अम्पायरहरूद्वारा भएको निर्णयको समीक्षा गरिएको अम्पायर्स संघका अध्यक्ष मोहम्मद सफिकी (समीर) ले बताए । पीएम कपमा सहभागी २४ अम्पायर तथा तीन म्याच रेफ्री गोष्ठीमा सहभागी थिए ।

कीर्तिपुरमा चलिरहेको क्रिकेट विश्वकप लिग २ का लागि आएका श्रीलंकाका म्याच रेफ्री र अम्पायरहरूले पनि गोष्ठीमा आफ्नो अनुभव सुनाएका थिए । अम्पायरको विकास तथा स्तरोन्नतिका लागि आमन्त्रित विदेशी अम्पायरहरूद्वारा आफ्नो अनुभव सुनाउनुका साथै क्षमता अभिवृद्धि गर्ने खालका सुझाव पनि दिएका थिए ।

क्यानबाट सचिव पारस खड्का र क्रिकेट म्यानेजर विनोद दास उपस्थित थिए । अम्पायरको स्तरोन्नतिका लागि क्यानको समवन्यमा अम्पायरको ग्रेडिङ, वृत्तिविकास, स्वमूल्यांकन, म्याच अभ्यास, तालिम जस्ता कार्यक्रम आयोजना गर्न अम्पायर्स संघले अनुरोध गरेको छ ।  अम्पायरले पनि आ–आफ्ना कमजोरी सुधार्दै जानुपर्ने प्रतिबद्धता जनाएका थिए ।

कान्तिपुर

Link copied successfully