संकटालाई हराएर आर्मी फाइनलमा

आरएस पोखरा फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा आर्मीले शनिबार संकटा क्लबलाई ४–२ गोलले हराएको हो ।

वैशाख १९, २०८३

कान्तिपुर संवाददाता

Army enters finals after defeating Sankata

पोखरा — त्रिभुवन आर्मी क्लब पोखरामा भइरहेको महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा आर्मीले शनिबार संकटा क्लबलाई ४–२ गोलले हराएको हो । पोखरा रंगशालामा पहिलो हाफमा १–० को अग्रता कायम लिएको आर्मीले दोस्रो हाफमा थप ३ गोल गर्‍यो । आर्मीबाट चन्द्रा भण्डारीले दुई, दीपा शाही र हिमा चौधरीले एक–एक गोल गरेका थिए । संकटाबाट दुई विदेशी खेलाडी क्वीनबेल ए अमनाराह र लिसिया एल जे मोकाम्बिकले गोल गोल गरेका थिए ।

आर्मीले फाइनलमा नेपाल पुलिसको सामना गर्नेछ । नेपाल पुलिस यसअघि आयोजक क्लबलाई ८–० गोलले हराएर   फाइनलमा प्रवेश गरेको थियो । फाइनल आइतबार हुनेछ ।

कान्तिपुर

Link copied successfully