चित्लाङसँग एपीएफ पराजित

शनिबार सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङले एपीएफलाई २–१ गोलले हरायो ।

वैशाख १९, २०८३

प्रताप विष्ट

APF defeated by Chitlang

हेटौडा — काठमाडौंको चित्लाङ एफसीले बागमती गाउँपालिकामा भइरहेको आठौं बागमती गोल्डकप फुटबल प्रतियोगितामा जित निकालेको छ । शनिबार सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङले एपीएफलाई २–१ गोलले हरायो ।

चिल्ताङका विदेशी खेलाडी सोलोमन किङले ११ औं मिनेटमा पेनाल्टीमार्फत र एरोन थापाले ६० औं मिनेटमा गोल गरेका थिए । एपीएफका बुद्धिमान राईले ४७ औं मिनेटमा एक गोल फर्काए । प्लेयर अफ द म्याच चित्लाङका लक्ष्मण थापा चुनिए । उनले १० हजार प्राप्त गरे ।

चित्लाङले अब मछिन्द्रसँग सेमिफाइनल पुग्नका लागि मंगलबार खेल्ने छ । मछिन्द्र छैटौं संस्करण विजेता र सातौं संस्करण उपविजेता टोलीसमेत हो ।

APF defeated by Chitlang

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully