लुम्बिनी पिस मेडिटेसन म्याराथनको उपाधि कुलबहादुर बस्नेतलाई

कोरोनाले थलिएको पर्यटनलाई खेल पर्यटनको माध्यमबाट उकास्न सहयोग पुर्‍याउने उद्देश्यले म्याराथन आयोजना गरिएको हो ।

वैशाख १८, २०८३

मनोज पौडेल

Kul Bahadur Basnet wins Lumbini Peace Meditation Marathon title

What you should know

लुम्बिनी — २५७० औं बुद्ध जयन्तीको उपलक्ष्यमा खेलका माध्यमबाट आध्यात्मिक पर्यटनको विकास गर्ने उद्देश्यले आयोजित लुम्बिनी पिस मेडिटेसन म्याराथनको उपाधि कुलबहादुर बस्नेतले जितेका छन् । 

२१ किमी लामो दुरीको म्याराथन उनले १ घण्टा १४ मिनेट ७ सेकेन्डमा पूरा गरेर उपाधि जितेका हुन् । त्यस्तै, प्रकाशसिंह ऐरले १ घण्टा १७ मिनेट ५० सेकेन्डमा उक्त दुरी पार गरेर दोस्रो भए । त्यस्तै, सुनिल थापा मगरले १ घण्टा ३२ मिनेट ३० सेकेन्डमा उक्त दुरी पार गरेर तेस्रो भए । 

Kul Bahadur Basnet wins Lumbini Peace Meditation Marathon title

प्रथम, द्वितीय र तृतीय भएकालाई क्रमशः २१ हजार, १४ हजार र ७ हजार नगद तथा मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । नगद पुरस्कार, प्रमाणपत्र र मेडल लुम्बिनी विकास कोषका सद्भावनादूत तथा नेपालका लागि ग्रिसका अवैतनिक राजदूत विक्रम पाँडेकाजीले वितरण गरेका थिए । 

अर्को ७ किमी लामो क्याटोगरीको म्याराथनको उपाधि सन्तोषनाथ योगीले जितेका छन् । उनले उक्त दुरी २३ मिनेट ३८ सकेन्डमा पार गरेका थिए । त्यस्तै, शिवशंकर थारुले उक्त दुरी २७ मिनेट ४३ सकेन्डमा पूरा गरेर द्वितीय भएका छन् । त्यस्तै, बलबहादुर राईले उक्त दुरी २९ मिनेट १९ सकेन्डमा पूरा गरेर तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय भएकालाई क्रमशः १४ हजार, ७ हजार र ५ हजार नगद तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । नगद पुरस्कार, प्रमाणपत्र र मेडल गीतकार श्रीपुरुष ढकालले वितरण गरेका थिए । 

Kul Bahadur Basnet wins Lumbini Peace Meditation Marathon title

कोरोनाले थलिएको पर्यटनलाई खेल पर्यटनको माध्यमबाट उकास्न सहयोग पुर्‍याउने उद्देश्यले बुद्ध सर्किट्स डट कम, काठमाडौंले म्याराथन आयोजना गरेको हो । लुम्बिनीस्थित विश्व शान्ति स्तुपबाट सुरु भएका प्रतियोगिता मायादेवी मन्दिरलाई फन्को मार्दै अखण्ड शान्ति द्विपस्थित बेबी बुद्धमा समापन भएको थियो । 

यस वर्ष लुम्बिनी पिस मेडिटेसन म्याराथनलाई टेस्ट रनका रूपमा सफ्ट लन्च गरिएको हो । अर्कोदेखि वर्षदेखि व्यापक प्रचारप्रसार गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा स्थापित प्रडक्टका रूपमा बनाउने मेडिटेसन म्याराथनका परिकल्पनाकार विक्रम पाँडेकाजीले बताए । 'म्याराथन र बुद्ध जयन्तीलाई एक अर्काका परिपूरक बनाउन अहिलेदेखि नै योजना बनाएका छौं,' उनले भने, 'आगामी वर्ष बुद्धस्थलमा दौडनेले मेडिटेसनको अनुभूतिसँगै आध्यात्मिक ऊर्जाको आनन्द लिन्छ । यसले नेपालको शान्ति पर्यटनलाई राम्रो टेवा पुर्‍याउने म्याराथनका रेस डाइरेक्टर ओलम्पियन बैकुण्ठ मानन्धरले बताए । 'बुद्धको मात्र पहिचान थाहा भएकाहरू अब म्याराथनसँगै लुम्बिनी जान्ने बुझ्ने बनाउँछौं,' उनले भने । प्रतियोगितामा न्यूजिल्याण्डका एक विदेशी नागरिकसहित २५ जना सहभागी थिए । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully