भिल्लामाथि फरेस्टलाई अग्रता

सिटी ग्राउन्डमा भएको खेलको निर्णायक गोल क्रिस उडले पेनाल्टीबाट गरे ।

वैशाख १८, २०८३

कान्तिपुर संवाददाता

Forest take lead over Villa

काठमाडौँ — नटिंघम फरेस्टले युरोपा लिग सेमिफाइनल पहिलो लेगमा बिहीबार एस्टन भिल्लालाई १–० ले पराजित गरेको छ र यससँगै दुई लेगको खेलमा अग्रता लिएको थियो । सिटी ग्राउन्डमा भएको खेलको निर्णायक गोल क्रिस उडले पेनाल्टीबाट गरे ।

भिल्ला डिफेन्डर लुकास डिग्नेले बल ह्यान्ड गरेपछि फरेस्टले पेनाल्टीको अवसर पाएको हो । यो जितले फरेस्ट सन् १९८० यता पहिलो पटक युरोपेली फाइनल पुग्ने संघारमा पुगेको छ । पछिल्लो समय लय समाटेको फरेस्ट सबै प्रतियोगिताका नौ खेलमा अपराजित छ ।

फरेस्ट इंग्लिस प्रिमियर लिगमा पनि रेलिगेसन क्षेत्रबाट पाँच अंक अगाडि छ । प्रतियोगिताको बिहीबार भएको अर्को सेमिफाइनलमा ब्रागले फ्रेबर्गलाई २–१ ले हरायो । त्यसमा नेने डोरगेलेसले दोस्रो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे ।

कान्तिपुर

Link copied successfully