बागमती गोल्डकप : बागमती युथको विजयी सुरुवात 

बिहीबार बागमती गाउँपालिका–४ स्थित सहिद स्मृति रंगशालामा भएको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिलाई ३–० गोलले हराउँदै सर्लाहीको बागमती युथ क्लबले विजयी सुरुवात गरेको छ ।

वैशाख १७, २०८३

प्रताप विष्ट

Bagmati Gold Cup: Bagmati Youth off to a winning start

हेटौंडा — मकवानपुरको बागमती गाउँपालिकामा आठौ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ ।

बिहीबार बागमती गाउँपालिका–४ स्थित सहिद स्मृति रंगशालामा भएको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिलाई ३–० गोलले हराउँदै सर्लाहीको बागमती युथ क्लबले विजयी सुरुवात गरेको छ ।

बागमतीको जीतमा सुजन गुरुङले ३१ औं मिनेटमा, राजु लोले ६८ औं र अनिश महर्जनले ७१ औं मिनेटमा गोल गरे । प्लेयर अफ दि म्याच बागमतीका लागि पहिलो गोल गरेका गुरुङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । 

बागमती युथले सेमिफाइनल प्रवेशका लागि सातौं संस्करणका विजेतासमेत रहेको चर्च ब्वाइज युनाइटेड, ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ । चर्च ब्वाइजले समूह ए बाट बाई पाएका हुन् । 

Bagmati Gold Cup: Bagmati Youth off to a winning start

प्रतियोगिताअन्तर्गत शुक्रबार त्रिभुवन आर्मी क्लब काठमाडौं र बाराको नव जनजागृती क्लब, १९ गते विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र चित्लाङ एफसी काठमाडौं, २१ गते ललितपुरको फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेड, २२ गते बाई पाएका मछिन्द्र क्लब काठमाडौंले एपीएफ र चित्लाङबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते हुनेछ भने फाइनल खेल वैशाख २६ गते हुनेछ । 

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully