प्रतियोगिताअन्तर्गत बिहीबार मनोभाव फुटबल क्लब, रूपन्देही र दमकडा ब्रदर्स एफसी, पाल्पाबीच खेल हुनेछ ।
पाल्पा — तानसेनमा जारी चौथो न्यु युथ युनियन कप खुल्ला फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा आयोजकलाई २–० ले पछि पार्दै न्यु हिमाली युवा क्लब, चिलाङ्दी, पाल्पा क्वार्टरफाइनल प्रवेश गरेको छ ।
प्रतियोगिताअन्तर्गत तानसेन टुँडिखेलमा भएको खेलमा न्यु हिमालीका विकल राना र सुनिल रानाले गोल गरेका हुन् । खेलमा न्यु हिमालीकै विकल राना प्लेयर अफ दी म्याच भएसँगै नगद २ हजार ५ सय प्राप्त गरेको आयोजक युथ युनियनका अध्यक्ष तामबहादुर कुमालले बताए ।
प्रतियोगिताअन्तर्गत बिहीबार मनोभाव फुटबल क्लब, रूपन्देही र दमकडा ब्रदर्स एफसी, पाल्पाबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५ सय ५५ र दोस्रोले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछ ।
