तल्लो मुलपानी मैदानमा बुधबार भएको फाइनलमा एनसेलले सुबिसुलाई डकवर्थ–लुइस पद्धतिका आधारमा ३८ रनले पराजित गरेको थियो ।
काठमाडौँ — एनसेलले कर्पोरेट टी–१० लिगको उपाधि जितेको छ । तल्लो मुलपानी मैदानमा बुधबार भएको फाइनलमा एनसेलले सुबिसुलाई डकवर्थ–लुइस पद्धतिका आधारमा ३८ रनले पराजित गरेको थियो ।
टस हारेर ब्याटिङ गरेको एनसेलले निर्धारित १० ओभरमा २ विकेट गुमाई १ सय ३१ रन बनायो । अनिल भण्डारीले ३३ बलमा ७४ रन र समाज पौडेलले २० बलमा ४८ रन जोडेका थिए ।
१ सय ३२ रनको लक्ष्य पाएको सुबिसुको सुरुआत राम्रो हुन सकेन । टोलीले ८ ओभरमा ६ विकेट गुमाई ६३ रन बनाउन सक्यो । विवेककुमार यादवले १७ र दमन चन्दले २३ रन बनाए । एनसेलका नीराजन परियार र हिमाल चन्दले समान एक विकेत लिए ।
एनसेलका अनिल भन्डारी प्लेयर अफ ड म्याच चुनिए । आईसिएफसी फाइनान्सका कप्तान सुरज तिमिल्सिना प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए ।
