सिटिजन्स खुला टेनिस : प्रदीप र आयुशमान सेमिफाइनलमा

बुधबार प्रदीपले सक्षमविक्रम शाहलाई ६–१, ६–२ ले र आयुशमानले निहालजंग थापालाई ६–३, ४–६, ६–३ ले पराजित गरे ।

वैशाख १६, २०८३

कान्तिपुर संवाददाता

Citizens Open Tennis: Pradeep and Ayushman in semifinals

काठमाडौँ — प्रदीप खड्का र आयुशमान घले १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ सेमिफाइनलमा पुगेका छन् ।

बुधबार प्रदीपले सक्षमविक्रम शाहलाई ६–१, ६–२ ले र आयुशमानले निहालजंग थापालाई ६–३, ४–६, ६–३ ले पराजित गरे । सोही स्पर्धामा प्रणव मानन्धरले राजवीर प्रधानलाई ६–१, ६–१ ले र  दर्शिल श्रेष्ठले प्रणव खनाललाई ३–६, ६–३, ६–४ ले हराएर सेमिफाइनल सुरक्षित गरे ।

काठमाडौं जिल्ला टेनिस संघले सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा प्रदीप र प्रितम परियारको जोडीले निहालजंग र प्रणव मानन्धरको जोडीलाई ६–३, १–६, ७–५, प्रणव खनाल र आयुशमानको जोडीले राजवीर र उगेन शेर्पाको जोडीलाई ६–३, ६–२ को सेटमा हराएर फाइन तय गरेको छ ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व सिंगल्स राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार, भीष्मजंग गुरुङ, सन्तोष खत्री र दावा सोनाम शेर्पा सेमिफाइनलमा पुगेका छन् । सोही स्पर्धाको पुरुष डबल्समा भीष्मजंग र गगन महर्जन, नीरज रेग्मी र ईश्वर जीसी, सन्तोष खत्री र जुजुमन किम तथा जितेन्द्र परियार र छेवाङ लामाको जोडीले सेमिफाइनलमा स्थान बनाएको छ ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, उत्तम बोगटी, मछिन्द्र थापा र विमलकुमार गुरुङ सेमिफाइनल पुगेका छन् । सोही उमेर समूहको पुरुष डबल्समा चन्द्र शाही र सोभित श्रेष्ठ, सागर केसी र निरञ्जन श्रेष्ठ, धर्म शाही र आशिष सिग्देल तथा मनु त्रिपाठी र पृथ्वीमान गुरुङको जोडी सेमिफाइनलमा पुग्यो ।

४५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठ, देव क्षेत्री, अमितसिंह गुरुङ र रोहित सुनुवारले सेमिफाइनलमा स्थान बनाए । ७० वर्षमाथि पुरुष सिंगल्समा ज्ञानेन्द्रमान ताम्राकार र धीरबहादुर गुरुङले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

कान्तिपुर

Link copied successfully