त्रिपुरेश्वरस्थित टेनिस कोर्टमा पुरुष सिंगल्सतर्फ प्रणवले उगेन शेर्पालाई ६–१, ६–० ले र दर्शिलले प्रितम परियारलाई ६–३, ६–४ ले सोझो सेटमा पराजित गरे ।
काठमाडौँ — प्रणव मानन्धर र दर्शिल श्रेष्ठ मंगलबार १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् ।
त्रिपुरेश्वरस्थित टेनिस कोर्टमा पुरुष सिंगल्सतर्फ प्रणवले उगेन शेर्पालाई ६–१, ६–० ले र दर्शिलले प्रितम परियारलाई ६–३, ६–४ ले सोझो सेटमा पराजित गरे ।
सोही स्पर्धामा प्रदीप खड्काले डानियल बाँस्तोलालाई ६–०, ६–०, राजवीर प्रधानले निजेज महर्जनलाई ६–२, ६–२, आयुशमान घलेले बोरिस अधिकारीलाई ६–१, ६–१, सक्षमविक्रम शाहले अभिनव आचार्यलाई ६–२ , ६–१ तथा प्रणव खनालले निशान श्रेष्ठलाई ७–५, ६–१ को सोझो सेटमा हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । निहालजंग थापाले पनि प्रतिद्वन्द्वी साङ्गे रोकायाबाट वाकओभर पाए ।
पुरुष डबल्समा प्रणव र आयुशमानको जोडीले निजेज र ओजेज महर्जनको जोडीलाई ६–१, ६–०, राजवीर र उगेन शेर्पाको जोडीले अभिनव र सक्षमविक्रमको जोडीलाई ६–२, ६–१, प्रदीप र प्रितम परियारको जोडीले दर्शिल श्रेष्ठ/शाश्वत वज्राचार्यको जोडीलाई ६–१, ६–३ तथा निहालजंग र प्रणव मानन्धरको जोडीले निशान र दावा शेर्पाको जोडीलाई ६–२, ६–३ को सोझो सेटमा हराएर सेमिफाइनल तय गरे ।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा पवित्रजंग रायमाझीले कर्मा घलेलाई ६–७, ६–१, ११–९ तथा कमल थापाले पदम गुरुङलाई ६–०, ६–३ ले पन्छाएर सेमिफाइनलमा स्थान पक्का गरे । सोही स्पर्धाको पुरुष डबल्समा दीपक श्रेष्ठ र ज्ञानेन्द्रमान ताम्राकारको जोडीले कर्मा टासी र जेरुम इदुको जोडीलाई ६–४, ०–६, १७–१५ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार र महेश श्रेष्ठ, नवाङ लामा र राजेन्द्र भाटिया, सुकमान तामाङ र अन्जनमान बानियाँ तथा अमित गुरुङ र देव क्षेत्रीको जोडीले सेमिफाइनलमा स्थान बनाए ।
भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र सोभितमान श्रेष्ठ, रमेश रोक्का र प्रेमप्रकाश थापा, सागर केसी र नीराजनकुमार श्रेष्ठ, धरमसिंह लामिछाने र समीर शेरचन, धर्म शाही र आशिष सिग्देल, सुनिल गुरुङ र नवाङ लामा, राजु राई र बाबुकृष्ण कार्की तथा मनु त्रिपाठी र पृथ्वीमान गुरुङको जोडी क्वाटरफाइनलमा पुगे ।
