प्रदेशस्तरीय करातेमा कैलाली टिम च्याम्पियन

२३ स्वर्णसहित कञ्चनपुर दोस्रो र दुई स्वर्णसहित डडेलधुरा तेस्रो स्थानमा रहे । कैलालीको घोडाघोडी नगरपालिका १०, पहलमानपुरस्थित कान्तिराज्यलक्ष्मी माविमा भएको थियो ।

वैशाख १५, २०८३

कान्तिपुर संवाददाता

Kailali team champions in provincial level karate

कैलाली — सुदूरपश्चिम प्रदेश कराते महासंघको दोस्रो आधिकारिकक प्रदेशस्तरीय प्रतियोगितामा कैलाली जिल्लाले ३३ स्वर्ण पदक जितेको छ ।

२३ स्वर्णसहित कञ्चनपुर दोस्रो र दुई स्वर्णसहित डडेलधुरा तेस्रो स्थानमा रहे । कैलालीको घोडाघोडी नगरपालिका १०, पहलमानपुरस्थित कान्तिराज्यलक्ष्मी माविमा भएको थियो । सोही स्थानमा भएको रेफ्री सेमिनारलाई नेपाल कराते महासंघका राष्ट्रिय रेफ्री कमिसनका संयोजक मोहन धौभडेल, राष्ट्रिय रेफ्री कमिसनका सदस्यद्वय प्रकाशकुमार चन्द र सिर्जना अधिकारी तथा सुदूरपश्चिम प्रदेश रेफ्री कमिसनको सहयोगमा सञ्चालन भउको थियो ।  

प्रदेशका ८ वटा जिल्लाका ५ सय खेलाडीले भाग लिएको प्रतियोगितामा नेपाल कराते महासंघका संस्थापक अध्यक्ष समेत रहेका एसिया प्यासिफिक कराते महासंघका अध्यक्ष दावा गुरुङको उपस्थितिमा थियो ।

रेफ्री सेमिनार र प्रतियोगितामार्फत महासंघले प्रदेश रेफ्री टिम छानेको छ । प्रतियोगिताबाट जुनियर, क्याडेट, १४, १२ र १० वर्षमुनिका टोली छनोट गरेको छ । राष्ट्रिय स्तरमा सुदूरपश्चिम प्रदेशको प्रतियोगिता यही टोलीले गर्नेछ ।

Kailali team champions in provincial level karate

उदटन समारोहमा प्रदेश कराते महासंघले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट खेलाडीको पुरस्कार २०८२ का लागि पुरुषतर्फ आनन्दन कामी र महिलातर्फ मनीषकुमारी बोहरा चुनिए । दिवंगत कराते स्वयंसेवक प्रशिक्षक स्व. गोपाल खड्काको स्मृतिमा प्रत्येक प्रदान गरिने उत्कृष्ट स्वयंसेवक प्रशिक्षक अवार्ड दार्चुलाका  प्रशिक्षक राजेन्द्रप्रसाद अवस्थीलाई प्रदान गरियो ।  उनीहरूलाई जनही १० हजार प्रदान गरिएको थियो ।

काठमाडौंमा सम्पन्न गणेशमान सिंह राष्ट्रि कराते प्रतियोगितामा स्वर्णपदक जित्ने ५ खेलाडीलाई जनही ५ हजारबाट पुरस्कृत गरियो । त्यस्तै प्रदेश कराते महासंघले घोडाघोडी नगरपालिकामा प्रशिक्षण गरी पोखरामा सम्पन्न  २० वर्षमुनिको राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा स्वर्ण जित्ने संगीता बिक र कृष्ण बमलाई जनही ५ हजारबाट सम्मानित गरियो भने उनीहरूकाल प्रशिक्षक तेजेन्द्र देउवालाई  दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कान्तिपुर

Link copied successfully