त्रिशाली पूजा तथा मेलाको अवसरमा आयोजित प्रतियोगिता १९ देखि २५ बैशाखसम्म सञ्चालन हुने त्रिशाली पूजा तथा मेला मूल आयोजना समितिले जनाएको छ ।
पाँचथर — दोस्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ को खेल तालिका सार्वजनिक गरिएको छ ।
त्रिशाली पूजा तथा मेलाको अवसरमा आयोजित प्रतियोगिता १९ देखि २५ बैशाखसम्म सञ्चालन हुने त्रिशाली पूजा तथा मेला मूल आयोजना समितिले जनाएको छ ।
कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारस्थित पृथ्वी माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा आठ टोली सहभागी रहने छन् । आयोजकका अनुसार टोलीहरूलाई दुई समूहमा विभाजन गरेर नकआउट आधारमा खेल सञ्चालन गरिनेछ ।
समूह ‘ए’बाट आयोजक यलम्बर युवा संस्था, कञ्चनजंघा सोनाम एफसी (ताप्लेजुङ), म्याङ्लुङ स्पोर्टिङ क्लब र मरिक एफसी (धरान)ले प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै, समूह ‘बी’बाट क्याना–११ एफसी, रेडहर्स एफसी (इलाम), पथरी–११ एफसी (मोरङ) र पाँचथर एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उद्घाटन १९ बैशाखमा आयोजक यलम्बर युवा संस्था र कञ्चनजंघा सोनाम एफसीबीच हुनेछ ।
प्रतियोगिता कुम्मायक गाउँपालिकाको प्रवर्द्धनमा सञ्चालन हुन लागेको हो । जिल्लामा फुटबल खेलको विकास, स्थानीय प्रतिभा उजागर गर्ने तथा खेलमार्फत् पर्यटन र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।
