कन्याटार गोल्डकपको खेल तालिका सार्वजनिक

२६ वैशाखदेखि हुन लागेको प्रथम आमन्त्रित कन्याटार गोल्डकप फुटबल प्रतियोगितामा ८ टिम सहभागी हुने भएका छन् ।

वैशाख १४, २०८३

कान्तिपुर संवाददाता

Kanyatar Gold Cup match schedule announced

पाँचथर — पाँचथरको मिक्लाजुङ–६ कन्याटारमा यही २६ वैशाखदेखि हुन लागेको प्रथम आमन्त्रित कन्याटार गोल्डकप फुटबल प्रतियोगितामा आठ टिम सहभागी हुने भएका छन् । त्यसमा समूह ‘ए’ मा टाडी स्पोर्टिङ क्लब मोरङ, बुधबारे युथ क्लब धनकुटा, माङ्सेबुङ गाउँपालिका इलाम र आयोजक कन्याटार गोल्डकप छन् भने समूह ‘बी’ मा त्रिवेणी नवयुवा क्लब धनकुटा, ध्रुवतारा स्पोर्टिङ क्लब झापा, दशमी युवा क्लब इलाम र राइजिङ स्टार स्पोर्टिङ क्लब पाँचथर रहेका छन् ।

Kanyatar Gold Cup match schedule announced

पहिलो खेल २६ वैशाखमा समूह ‘ए’ बाट टाडी स्पोर्टिङ क्लब र बुधबारे युथ क्लबबीच हुनेछ । दोस्रो खेल २७ वैशाखमा समूह ‘बी’ बाट त्रिवेणी नवयुवा क्लब, ध्रुवतारा स्पोर्टिङ क्लबबीच हुनेछ । तेस्रो खेल २८ वैशाखमा समूह ‘ए’ बाट माङ्सेबुङ गाउँपालिका र आयोजक टिमबीच हुनेछ । चौथो खेल २९ वैशाखमा समूह ‘बी’ बाट दशमी युवा क्लब र राइजिङ स्टारबीच हुने छ । दुवै समूहबाट दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताको फाइनल खेल भने जेठ १ मा हुने आयोजक अध्यक्ष उमेश घिमिरेले जानकारी गराए । प्रतियोगिता विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

कान्तिपुर

Link copied successfully