यतीमा सज्जनको नेतृत्व

यतीले बर्सेनि कँडेल कप फुटबल आयोजना गर्दै आएको छ र हालै १५ औं संस्करण आयोजना भएको थियो ।

वैशाख १३, २०८३

कान्तिपुर संवाददाता

Yeti's gentlemanly leadership

काठमाडौँ — अस्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायमा फुटबललगायत खेलकुद गतिविधि गर्दै आएको यती फुटबल क्लबले सज्जन शर्माको अध्यक्षतामा आइतबार १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । यतीले बर्सेनि कँडेल कप फुटबल आयोजना गर्दै आएको छ र हालै १५ औं संस्करण आयोजना भएको थियो । 

क्लब २५ औं वर्षमा प्रवेश गर्ने क्रममा साधारणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो । सन् २००१ मा स्थापना भएको यती एफसीले सिल्भर जुबिली उत्सवको तयारीलाई पनि औपचारिक रूप दिएको नयाँ अध्यक्ष शर्माले जनाए । 

साधारणसभामा निवर्तमान अध्यक्ष कर्ण राना नेतृत्वको कार्यसमितिको योगदानको प्रशंसा गर्दै क्लबले उनीहरूलाई धन्यवाद ज्ञापन गरेको जनाएको छ । नवगठित कार्यसमितिमा आसिम पन्त र ज्ञान श्रेष्ठलाई उपाध्यक्षमा, सचिवमा चाँदनी रुक्सान राई, सहसचिवमा अभियान प्रधान, कोषाध्यक्षमा विपस्ना लामा र सहकोषाध्यक्षमा पंकज लामिछाने चयन भएका छन् ।

त्यस्तै १७ सदस्यमा अनामिका राई गुरुङ, राज शर्मा, कर्ण राना, हरि गुरुङ, प्रचन श्रेष्ठ, भरत राना, नीराजन गुरुङ, विशन गुरुङ, उकेश श्रेष्ठ, राज सापकोटा, रोशन श्रेष्ठ, अरुण श्रेष्ठ, सुन्दर कार्की, प्रवीण गुरुङ, एलन न्यौपाने र वियांका छन् ।

कान्तिपुर

Link copied successfully