एकै परिवारका तीन खेलाडी सम्मानित

कालिका गाउँपालिका वडा १ निवासी दावा तामाङसहित दुई छोरी दिया र दीक्षालाई खेलकुदमार्फत जिल्लालाई परिचित गर्न सफल भएकामा सम्मान गरिएको हो ।

वैशाख १२, २०८३

कान्तिपुर संवाददाता

Three players from the same family honored

काठमाडौँ — रसुवा जिल्ला खेलकुद विकास समितिले एकै परिवारका ३ खेलाडीलाई सम्मान गरेको छ । कालिका गाउँपालिका वडा १ निवासी दावा तामाङसहित दुई छोरी दिया र दीक्षालाई खेलकुदमार्फत जिल्लालाई परिचित गर्न सफल भएकामा सम्मान गरिएको हो ।

उनीहरूलाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले १३ औं रसुवा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद समापनका अवसरमा सम्मान गरे ।

कालिका गाउँपालिका–१ का वडा अध्यक्ष समेत रहेका दावाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ट्रेल रेसमा प्रतिस्पर्धा गरिसकेका छन् । दावाले हालै सम्पन्न मन्जुश्री ट्रेल रेसको ८० किलोमिटर दूरीमा रजत पदक जितेका थिए ।

जेठी छोरी दियाले श्रीलंकामा भएको दक्षिण एसियाली कराते प्रतियोगिताको १४ वर्षमुनि उमेर समूहमा रजत र कान्छी छोरी दिक्षाले श्रीलंकामै भएको सोही प्रतियोगिताको १० वर्षमुनि उमेर समूहमा कांस्य पदक जितेका थिए । बुवा दावा पनि कराते पृष्ठभूमिका हुन् ।

कान्तिपुर

Link copied successfully