यूएईविरुद्ध नेपाल ब्याटिङमा

यूएईका कप्तान मोहम्मद वासिमले टस जितेर त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

वैशाख १२, २०८३

विनोद पाण्डे

Nepal bats against UAE

काठमाडौँ — नेपालले क्रिकेट विश्वकप लिग २ को यूएईसँगको खेलमा ब्याटिङ गर्ने भएको छ । यूएईका कप्तान मोहम्मद वासिमले टस जितेर त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । 

रोहित पौडेलको कप्तानीमा रहेको नेपालबाट कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी खेलिरहेका छन् । 

अर्जुन साउद, विनोद भण्डारी, गुलशन झा र नन्दन यादव नेपालको प्लेयिङ ११ बाहिर रहेका छन् ।

लिग २ मा दुबै खराब खेलिरहेका छन् । समान २० खेल खेलेको नेपाल १२ र यूएई १० अंक बोकेर आठ राष्ट्र सम्मिलित प्रतियोगिताको पुछारको दुई स्थानमा रहेको छ । २०२३ मा यूएई काठमाडौं आउदा नेपालले लिग २ का दुबै खेल जितेको थियो । 

नेपाल र यूएईले यस लिग २ शृंखला अगाडि कीर्तिपुरमै दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेका थिए । सोमबार र मंगलबार भएको उक्त खेलहरुमा यूएई र नेपालले १–१ खेल जितेका थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully