यो जितपछि फरेस्ट रेलिगेसन क्षेत्रबाट आठ अंक अगाडि रह्यो ।
काठमाडौँ — नटिंघम फरेस्टले इंग्लिस प्रिमियर लिगमा शुक्रबार सन्डरल्यान्डलाई ५–० ले पराजित गर्दै रेलिगेसनबाट जोगिने लगभग निश्चित गरेको छ । यो जितपछि फरेस्ट रेलिगेसन क्षेत्रबाट आठ अंक अगाडि रह्यो ।
यो नतिजाले अब रेलिगेसनमा पर्न बाँकी एक टिमका लागि वेस्ट ह्याम र टोटनहमबीच दोहोरो भिडन्त हुने भएको छ । उल्भ्स र बर्नली यसअघि नै रेलिगेसनमा परिसकेका छन् । निर्णायक मोडमा लय समाटेको फरेस्ट पछिल्ला छ खेलमा अपराजित रहेको छ ।
स्टेडियम अफ लाइट्समा क्रिस उड, मोर्गन गिब्स, इगोल जेसस र इलिट एन्डरसनले गोल गरे । अर्को एक गोल आत्मघाती रह्यो । सन्डरल्यान्ड भने ४६ अंकमा ११ औं स्थानमा रह्यो ।
