काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा ४४ स्वर्ण, २४ कांस्य र १३ रजत पदकसहित तार्केश्वर च्याम्पियन बनेको हो ।
काठमाडौँ — तार्केश्वर नगरपालिका १५ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा लगातार तेस्रो पटक च्याम्पियन बनेको छ ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा ४४ स्वर्ण, २४ कांस्य र १३ रजत पदकसहित तार्केश्वर च्याम्पियन बनेको हो ।
६ खेल समावेश प्रतियोगितामा तार्केश्वरले एथलेटिक्समा २४ स्वर्ण, भलिबलमा १ स्वर्ण, कबडड्मीा १ स्वर्ण, उसुमा ९ स्वर्ण, तेक्वान्दोमा ६ स्वर्ण र करातेमा ३ स्वर्ण जित्यो ।
चन्द्रागिरि नगरपालिका ६ स्वर्ण, ३० रजत र २० कांस्यसाथ दोस्रो तथा नागार्जुन नगरपालिका ५ स्वर्ण, ८ रजत र १६ कांस्य तेस्रो भए ।