वाटा ओपन तेक्वान्दोलाई खेलाडी प्रस्थान

प्रतियोगिता अप्रिल २४ देखि २६ सम्म जापानको ओसाकास्थित ओहामा एरिनामा हुनेछ ।

वैशाख १०, २०८३

कान्तिपुर संवाददाता

Players depart for Wata Open Taekwondo

काठमाडौँ — जापानमा हुने २२ औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन नेपाली टोली त्यसतर्फ गएको छ ।

प्रतियोगिता अप्रिल २४ देखि २६ सम्म जापानको ओसाकास्थित ओहामा एरिनामा हुनेछ । प्रतियोगितामा भाग लिने खेलाडीमा लिटल बड स्कुलकी आरोवी ज्ञवाली (यू–९, व्यक्तिगत पुम्से), होङआउ तेक्वान्दो डोजाङका विशेष चन्द्र गामी (यू–११, व्यक्तिगत पुम्से), गोंगबु तेक्वान्दो डोजाङका श्रेयान कार्की (यू–११, व्यक्तिगत पुम्से), र आयुषा कार्की (४९ केजीमुनि, ग्योरोगी) छन् ।

टोलीका मुख्य प्रशिक्षक सरोज तामाङ (गोंगबु तेक्वान्दो डोजाङ) र व्यवस्थापकमा रुश्मा सुबेदी छन् । टोलीलाई नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगी र राष्ट्रिय खेलकुद परिषद् सदस्य कुमार लामा घिसिङले बिदाइ गरेका थिए ।

कान्तिपुर

Link copied successfully