सीईसी काठमाडौंलाई गौरीशंकर सुपर लिग

बुधबार फाइनलमा एन्जल्स स्पोर्ट्स एकेडेमीलाई ३६ रनले पराजित गरी सीईसीले उपाधि जित्यो ।

वैशाख ९, २०८३

कान्तिपुर संवाददाता

CEC Kathmandu to win Gauri Shankar Super League

काठमाडौँ — क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाडौंले गौरीशंकर सुपर लिग यू–१७ ब्वाइज क्रिकेट प्रतियोगिताको जितेको छ । बुधबार फाइनलमा एन्जल्स स्पोर्ट्स एकेडेमीलाई ३६ रनले पराजित गरी सीईसीले उपाधि जित्यो ।

टस जितेर ब्याटिङ रोजेको सीईसीले २० ओभरमा सबै विकेट गुमाएर १०५ रन बनायो । दिनेश बोहराले आक्रामक ब्याटिङ गर्दै मात्र १० बलमा २ चौका र ३ छक्काबाट २७ रन बनाए । बुद्धिमान विष्टले १९ र कप्तान प्रसिद्ध जैसीले १७ रन जोडे । एन्जल्सका धिरज यादव र प्रह्लाद गौतमले २–२ विकेट लिए ।

१०६ रनको लक्ष्य पाएको एन्जल्स स्पोर्ट्स १८.२ ओभरमा मात्र ६९ रन बनाउँदा अलआउट भयो । विशाल ऐयरले २१ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

सीईसीका दिनेश बोहराले बलिङमा पनि राम्रो प्रदर्शन गरे । उनले १२ रन खर्चेर ३ विकेट लिए । अनिकेत सिंहले २ विकेट लिए ।

क्यानका सचिव पारस खड्का प्रमुख, राखेप सदस्य जगत टमाटा, गौरीशंकर गाउँपालिकाकी उपाध्यक्ष उमा मगर शेर्पा, केदार खड्कालगायतले खेलाडीलाई पुस्कृत गरे ।

म्यान अफ द म्याचमा दिनेश बोहरा भए । प्लेयर अफ द टूर्नामेन्टमा सन्दीप साउद (एन्जल्स एकेडेमी), उत्कृष्ट ब्याटरमा जोय थापा (एन्जल्स) र उत्कृष्ट बलरमा साइमन पन्त (नेक्सस क्रिकेट एकेडेमी) चुनिए ।

विजेताले एक लाख एक हजार र उपविजेताले ४१ हजार रुपैयाँ नगद पुरस्कार पाए ।  

कान्तिपुर

Link copied successfully