दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रियमा यूएईविरुद्ध नेपालले पहिले बलिङ गर्दै

नेपालले पहिलो म्याचमा खेलेको टोलीबाट अर्जुन साउद, सन्दीप जोरा, बसिर अहमद र शेर मल्लको स्थानमा लोकेश बम, आरिफ शेख, सन्तोष यादव र शाहव आलमलाई खेलाएको छ ।

वैशाख ८, २०८३

कान्तिपुर संवाददाता

Nepal bats first against UAE in second Twenty20 International

काठमाडौँ — नेपालले यूएईविरुद्धको दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिला बलिङ गर्ने भएको छ ।

नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा यूएईलाई ब्याटिङको निम्तो दिएका हुन् ।

यूएईले पहिलो खेलमा नेपाललाई ६ विकेटले पराजित गरेको छ । नेपालबाट स्पिन अलराउन्डर सन्तोष यादवले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्दै छन् । पहिलो पटक नेपाली टोलीमा परेका सन्तोषलाई यूएईविरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा प्लेयिङ ११ मा राखिएको छ । सन्तोषलाई बसिर अहमदको स्थानमा खेलाइएको हो । 

हालै भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेपछि सन्तोषले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपाली टोलीको ढोका खोलेका हुन् । देव्रेहाते सन्तोषले प्रधानमन्त्री कपमा २१ विकेट लिनुका साथै २ सय ६५ रन बनाएका थिए । 

नेपालले पहिलो खेलेको टोलीबाट अर्जुन साउद, सन्दीप जोरा, बसिर र शेर मल्लको स्थानमा लोकेश बम, आरिफ शेख, सन्तोष र शाहव आलमलाई खेलाएको छ ।

कान्तिपुर

Link copied successfully