नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले आइतबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस जितेर यूएईलाई फिल्डिङका लागि बोलाएका हुन् ।
काठमाडौं — नेपालले यूएईसँगको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले सोमबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस जितेर यूएईलाई फिल्डिङका लागि बोलाएका हुन् ।
दीपेन्द्रको कप्तानीमा नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो खेल खेल्न लागेको हो ।
उनी ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालका पाँचौं कप्तान हुन् । दीपेन्द्रलाई रोहित पौडेलको स्थानमा नेपालको नेतृत्वको जिम्मेवारी दिइएको हो ।
तीव्र बलर हेमन्त धामीले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्दै छन् । हेमन्तले २०२४ मा क्यानडाविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरिसकेका थिए ।
नेपालबाट दीपेन्द्र र हेमन्तसहित कुशल भुर्तेल, अर्जुन साउद, सन्दीप जोरा, कुशल मल्ल, बसिर अहमद, गुलशन झा, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछाने खेलिरहेका छन् ।
ब्याटर मल्ल र विकेटकिपर–ब्याटर अर्जुनले यूएईको यही शृंखलाबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपाली टोलीमा पुनरागमन गरिरहेका छन् । नेपालले अक्टोबरमा ओमानमा भएको आईसीसी ट्वान्टी–२० विश्वकप छनोट एसिया–प्यासिफिक छनोटमा कमजोर प्रर्दशनपछि मल्ललाई भारतमा भएको ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोलीमा राखिएको थिएन ।
अर्जुनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय नखेलेको चार वर्ष भइसकेको छ । २०२४ मा क्यानडामा उनले क्यानडाविरुद्ध पछिल्लो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा खेलेका थिए । आसिफ नरहेको अवस्थामा अर्जुनले विकेटकिपरको भुमिका निभाउने छन् ।
