Live

नेपाल र यूएईबीच ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता

नेपाल र यूएईबीचको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।

वैशाख ७, २०८३

कान्तिपुर संवाददाता

Twenty20 International Cricket Tournament between Nepal and UAE

31 Updates

(08:50 PM)

यूएई ८ दशमलव ५ ओभरमा ७८ रन बनाउँदै विजयी भएको छ । यूएईका लागि पहिलो म्याच खेलिरहेका आकाशदीप नाथले कुशल मल्लको बलमा छक्का प्रहार गर्दै टिमलाई जित दिलाएका हुन् । 

(08:46 PM)

यूएईले गुमायो चौथो विकेट

जितका लागि ९ बलमा ७ रन आवश्यक रहेका बेला यूएईले चौथो विकेट गुमाएको छ । 

(08:37 PM)

यूएईलाई जितका लागि १८ बलमा २३ रन आवश्यक

यूएईलाई अब जितका लागि ३ ओभरमा २३ रन आवश्यक छ । उसका ७ ब्याट्सम्यान अविजित छन् ।

(08:33 PM)

सन्दीप लामिछानेद्वारा सानदार बलिङ

सन्दीप लामिछानेले यूएईविरुद्ध २ ओभर बलिङ गर्दै ८ रन दिएर ३ विकेट लिएका छन् ।

Excellent bowling by Sandeep Lamichhane
तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

(08:31 PM)

सन्दीपले चड्काए तेस्रो विकेट

नेपाल विरुद्ध पहिलो म्याच खेलिरहेका यूएईका हरपित सिंहलाई सन्दीप लामिछानेले कुशल मल्लको हातबाट क्याचआउट गराएका छन् । सिंहले २ रन मात्रै बनाए ।

Sandeep takes third wicket
तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

(08:27 PM)

शेर मल्लको किफायती बलिङ

शेर मल्लले २ ओभर बलिङ गर्दै ७ रन मात्रै दिएका छन् ।

(08:24 PM)

सन्दीपले पहिलो ओभरमै लिए २ विकेट

सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमा ७ रन दिएर २ विकेट लिएका छन् । यूएईले ४ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ४० रन जोडेको छ ।

(08:22 PM)

सन्दीप लामिछानेले दिलाए नेपाललाई पहिलो सफलता

सन्दीप लामिछानेले यूएईका मोहम्मद वासिमलाई  क्याचआउट गराएका छन् ।

(08:19 PM)

हेमन्त धामीको एक ओभरमा २० रन

हेमन्त धामीले आफ्नो डेब्यु म्याचमा पहिलो ‌ओभरमा २० रन दिएका छन् ।

हेमन्त धामी ।

(08:05 PM)

वर्षाले बिथोलेको खेलमा नेपालद्वारा यूएईलाई नयाँ लक्ष्य

नेपालले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यूएईलाई १० ओभरमा ७८ रन बनाउनु पर्ने लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा खेलेको पहिलो अन्तर्राष्ट्रिय क्रिकेटमा टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा १ सय २२ रन बनाएको अवस्थामा खेल वर्षाले बिथोलिएको थियो । त्यसपछि खेल प्रभावित हुँदा यूएईलाई १० ओभरमा नयाँ लक्ष्य दिइएको हो ।

(06:41 PM)

पानी परेपछि खेल अवरुद्ध

१८ दशमलव ५ ओभरको खेल सकिँदा नेपालले ८ विकेट गुमाउँदै १ सय २२ रन जोड्दा मैदानमा पानी परेपछि खेल रोकिन पुगेको छ । 

(06:26 PM)

नेपालको १०० रन पूरा

नेपालले यूएईविरुद्ध १६ दशमलव ३ बलमा १०५ रन बनाएको छ । 

(06:22 PM)

गुल्सन झा ७ बलको सामना गर्दै १ रन बनाएर एलबीडब्लू आउट भएका छन् ।

(06:16 PM)

नेपाललाई पाँचौं झट्का

बसिर अहमद ११ बलमा १४ रन बनाएर क्याच आउट भएका छन् ।

(06:15 PM)

ऐरीले २६ बल खेलेर लगाए पहिलो चौका

दीपेन्द्र सिंह ऐरीले २६ बल खेलेर पहिलो चौका लगाएका छन् ।  

(05:59 PM)

कुशल मल्ल व्यक्तिगत १७ रन बनाउँदै आउट भएका छन् । उनले २१ बलको सामना गर्दै १ चौकाको मद्दतमा १७ रन जोडेका हुन् । 

(05:56 PM)

नेपाल १० ओभरमा ६२ रन

नेपालले यूएईसँगको ट्वान्टी–२० खेलमा १० ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै ६२ रन जोडेको छ ।

(05:52 PM)

दबाबमा कप्तान दीपेन्द्र सिंह ऐरी

कप्तान दीपेन्द्र सिंह ऐरी दबाबमा देखिएका छन् । उनले १४ बलको सामना गर्दै ८ रन मात्र जोडेका छन् ।

Captain Dipendra Singh Airi under pressure

(05:47 PM)

कुशल मल्लको ब्याटबाट पहिलो चौका

कुशल मल्लले १५ बलको सामना गरेपछि पहिलो चौका प्रहार गरेका छन् ।

(05:44 PM)

पावर प्लेमा नेपालको मध्यम स्कोर

नेपालले यूएईविरुद्धको पहिलो टी/२० को पावर प्लेको समाप्तीमा तीन विकेट गुमाएर ४० रन बनाएको छ । टीयू क्रिकेट मैदानमा नेपालका लागि कुशल मल्ल तीन र कप्तान दीपेन्द्रसिह ऐरी शून्यमा खेलिरहेका छन् । आउट हुने ब्याटरमध्ये ओपनर अर्जुन साउदले १३ रन बनाए । सन्दीप जोराले ६ रनको योगदान दिए । यस्तै ओपनर कुशल भूर्तेलले १६ रन जोडे । नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो र यसक्रममा अपेक्षाअनुसार रन जोड्न सकेको छैन र एक प्रकारले दबाबमा देखिएको छ ।

(05:39 PM)

नेपाल ६ ओभरको समाप्तीमा ४० रन

नेपालले ६ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै ४० रन जोडेको छ ।

(05:35 PM)

कुशल भूर्तेल रनआउट

कुशल भूर्तेल अतिरिक्त रन बटुल्ने प्रयासमा रनआउट भएका छन् ।

(05:32 PM)

कुशल भूर्तेल र कुशल मल्लको जोडी क्रिजमा

कुशल भूर्तेल १६ र कुशल मल्ल ३ रन बनाएर क्रिजमा छन् ।

Kusal Bhurtel and Kusal Malla pair at the crease

(05:30 PM)

पाँच ओभरको समाप्तीमा ३८ रन

नेपालले पाँच ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ३८ रन जोडेको छ । 

(05:28 PM)

पाँचौं ओभरमा पहिलो छक्का

नेपालका तर्फबाट इनिङ्सको पाँचौं ओभरमा कुशल भूर्तेलले टिमका लागि पहिलो छक्का लगाएका छन् । 

(05:25 PM)

सन्दीप जोरा आउट

सन्दीप जोरा व्यक्तिगत ६ रन बनाएर आउट भएका छन् ।

(05:18 PM)

नेपाल ३ ओभरमा २४ रन

नेपालले ३ ओभरको समाप्तीमा २४ रन बनाउँदा एक विकेट गुमाएको छ । 

(05:16 PM)

अर्जुन साउद आउट

अर्जुन साउद व्यक्तिगत १३ रन बनाएर आउट भएका छन्।

Arjun Sauda out

(05:11 PM)

यूएईको राष्ट्रिय गीतको सट्टा अर्कै गीत बजेपछि

नेपाल र यूएईबीच टीयू क्रिकेट मैदानमा पहिलो टी २० सुरु हुन अगाडि नेपाल क्रिकेट संघ (क्यान) का तर्फबाट गम्भीर त्रुटि भएको छ । खेल सुरु हुन अगाडि दुवै देशको राष्ट्रिय गीत बजाउने औपचारिक कार्यक्रम राखिएको थियो । सुरुमा नेपालको राष्ट्रिय गीत बजेको थियो । त्यसपछि भ्रमणकारी टिम यूएईको पालोमा दुई पल्ट अन्य गीत बजेको थियो । सुरुमा नेपाली राष्ट्रिय गीत बजेपछि यूएईका खेलाडीले त्यसको विरोध गरेका थिए । दोस्रो प्रयासमा पनि राष्ट्रिय गीत नबजेपछि यूएईका खेलाडीले मैदान छाडेर पेभिलियन फर्केका थिए ।खेलकुदमा प्रतिस्पर्धा सुरु हुन अगाडि सहभागी देशको राष्ट्रिय गीत बजाउने औपचारिक कार्यक्रम हुने गर्छ । त्यस्तो कार्यत्रममा गलत गीत बज्नुलाई ठूलो त्रुटि मान्ने गरिन्छ ।

(05:05 PM)

नेपालले पहिला ब्याटिङ गर्ने

नेपालले यूएईसँगको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले आइतबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस जितेर यूएईलाई फिल्डिङका लागि बोलाएका हुन् ।

Nepal will bat first.
तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

(05:04 PM)

हेमन्त धामीको ‘डेब्यु’

तीव्र बलर हेमन्त धामीले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्ने भएका छन् । सन् २०२४ मा क्यानडाविरुद्धको खेलबाट एक दिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरिसकेका छन् ।

कान्तिपुर

Link copied successfully