ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा हेमन्त धामीको ‘डेब्यु’

धामीलाई यूएईविरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा प्लेयिङ ११ मा राखिएको छ ।

वैशाख ७, २०८३

विनोद पाण्डे

Hemant Dhami's 'debut' in a Twenty20 International tournament

काठमाडौं — तीव्र बलर हेमन्त धामीले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्ने भएका छन् । सन् २०२४ मा क्यानडाविरुद्धको खेलबाट एक दिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरिसकेका छन् ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा भने पहिलो खेल खेल्न लागेका हुन् । उनलाई यूएईविरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा प्लेयिङ ११ मा राखिएको छ । हालै भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा हेमन्तले प्रधानमन्त्री कपमा सर्वाधिक २७ विकेट लिँदै उत्कृष्ट बलर चुनिएका थिए ।

उनको प्रयासमा सुदूरपश्चिम प्रदेश फाइनलसम्म पुगेको थियो । कुनै पनि प्रदेश टोली प्रधानमन्त्री कपको फाइनलमा पुगेको यो पहिलो अवसर थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully