नेपाल हक्की संघका महासचिव सुवर्ण श्रेष्ठका अनुसार ३१ वर्षपछि नेपालको महिला हक्की टोली विदेशमा खेल्न र प्रशिक्षणका लागि जान लागेको हो ।
काठमाडौँ — भारतमा हुने सिनियर महिला हक्की प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय महिला हक्की टोलीलाई आइतबार बिदाइ गरिएको छ ।
नेपाल हक्की संघका महासचिव सुवर्ण श्रेष्ठका अनुसार ३१ वर्षपछि नेपालको महिला हक्की टोली विदेशमा खेल्न र प्रशिक्षणका लागि जान लागेको हो ।
अंकिता अधिकारीको कप्तानीमा रहेको नेपाली टोलीमा २६ खेलाडी छन् । अश्विनी कुमार अधिकारी मुख्य प्रशिक्षक छन् भने रविन्द्र सिंह सहायक प्रशिक्षक र कान्तुराम पनेरु व्यवस्थापक छन् ।
नेपाली टोली आइतबारै भारत प्रस्थान गर्नेछ ।