कान्तिपुर हाफ म्याराथन : सन्तोषीद्वारा उपाधि रक्षा

सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको मुख्य विधा २१.१ किलोमिटरको हाफ म्याराथनको पुनः उपाधि जितेकी छन् ।

वैशाख ५, २०८३

विनोद पाण्डे

Kantipur Half Marathon: Santoshi defends title

What you should know

काठमाडौँ — सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको मुख्य विधा २१.१ किलोमिटरको हाफ म्याराथनको पुनः उपाधि जितेकी छन् । उनले कान्तिपुर हाफ म्याराथन लगातार दोस्रो पटक जितेकी हुन् ।

कान्तिपुरको कार्यालय रहेको तीनकुने अगाडिबाट सुरु भएर कान्तिपुर हाफ म्याराथन तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमि, सल्लाघारी हुँदै जगाती चोकबाट फन्को लगाएर पुनः कोटेश्वर, तीनकुनेमा आएर टुंगिएको दौड उनले १ घन्टा १८.११ मिनेटमा पुरा गरिन् । 

धादिङकी उनले गत वर्ष १ घन्टा २३.२८ मिनेटमा पुरा गरेकी थिइन् ।  निशा पाल १ घन्टा १८.२६ मिनेटका साथ दोस्रो र पूर्णलक्ष्मी न्यौपाने १ घन्टा २३.१३ सेकेन्डका साथ तेस्रो भए । कान्तिपुर हाफ म्याराथनमा यसपटक झन्डै ४ हजार धावक दौडिएका थिए, त्यसमा हाफ म्याराथनमा मात्र १ हजार ५ सयभन्दा बढि धावक सहभागि थिए । 

एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको कान्तिपुर हाफ म्याराथनको जितेका सन्तोषीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएकी छन् । त्यस्तै दोस्रो हुने निशाले ७५ हजार र तेस्रो हुने पूर्णलक्ष्मीले ५० हजार पाएकी छन् । 

Kantipur Half Marathon: Santoshi defends titleकान्तिपुर हाफ म्याराथनमा यसपटक सबैभन्दा धेरै झन्डै ४ हजार जनाले सहभागिता जनाएका थिए । ‘रन फर नेपाल’ नारासहित कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करण आयोजना भएको हो ।  

कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले हरेक वर्ष आयोजना गर्ने दौड प्रतियोगितामा हाफ म्याराथनबाहेक कर्पोरेट एन्ड इन्फ्लुन्सर रन (५ किमि), एक्स्ट्रिम कलेज रन (७ किमि), ह्विलचेयर रेस (३ किमि) गरी चार विधामा प्रतिस्पर्धा भएको थियो । यसअघि २०७५ को कान्तिपुर हाफ म्याराथनमा २ हजार ५ सय ६० जनाले दौडिएका थिए । 

ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको पावर्ड बाईमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहनेछ । यसपालि हाफ म्याराथन विधामा ‘एक्युरेट टाइमिङ’ निकाल्न हरेक खेलाडीमा चिप्स प्रयोग गरिएको थियो ।
Kantipur Half Marathon: Santoshi defends title

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully