कभर्डहलमा आईटीएफ तेक्वान्दो सुरु

प्रतियोगितामा एकल स्पाइरिङ, एकल प्याटर्न, ग्रुप स्पाइरिङ, ग्रुप प्याटर्न र सेल्फ डिफेन्स गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ ।

वैशाख ४, २०८३

कास

ITF Taekwondo begins at Covered Hall

काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको को आयोजनामा २५ औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता तथा दोस्रो यू–१५ राष्ट्रिय विद्यालय आईटीएफ तेक्वान्दो प्रतियोगिता शुक्रबार राखेप कभर्डहलमा सुरु भएको छ ।

प्रतियोगितामा एकल स्पाइरिङ, एकल प्याटर्न, ग्रुप स्पाइरिङ, ग्रुप प्याटर्न र सेल्फ डिफेन्स गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ । राष्ट्रियमा ३३ स्वर्ण पदकका लागि भिडन्त हुनेछ । यू–१५ मा २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

पहिलो दिन राष्ट्रियमा पुरुषमा ६ र महिलामा ५ स्वर्णको टुंगो लागेको छ । यू–१५ को पुरुषमा १० र महिलामा ७ गरी १७ स्वर्णको छिनोफानो भएको छ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव रामचरित्र मेहताले उद्घाटन गरे ।

कास

Link copied successfully