फरेस्टको प्रतिद्वन्द्वी भिल्ला

युरोपा लिगको सेमिफाइनलमा दुई इग्लिस क्लब भिड्ने सममीकरण बिहीबार तयार भएको छ ।

वैशाख ४, २०८३

हिमेश

Forest's rivals Villa

काठमाडौँ — युरोपा लिगको सेमिफाइनलमा दुई इग्लिस क्लब भिड्ने सममीकरण बिहीबार तयार भएको छ । त्यसमा नटिंघम फरेस्टले एस्टन भिल्लाको सामना गर्न लागेको हो । फरेस्टले पोर्टोलाई क्वाटरफाइनल दोस्रो लेगमा १–० ले हरायो र समग्रमा २–१ को अग्रता लियो ।

त्यसमा मोर्गन गिब्सले निर्णायक गोल गरे । भिल्लाले भने बोलोग्नालाई ४–० ले हरायो र समग्रमा ७–१ को अग्रता लियो । अर्को सेमिफाइनलमा ब्राग र फ्रेबर्ग खेल्नेछन् ।

ब्रागले रियल बेटिसलाई ४–२ ले हराएर समग्रमा ५–३ को अग्रता लियो । फ्रेबर्गले भने सेल्टा भिगोलाई ३–१ ले पराजित गर्दै ६–१ को अग्रता प्राप्त गर्‍यो ।

हिमेश

Link copied successfully