लहानमा क्रिकेट रंगशाला निर्माण अघि बढ्यो

संघ र स्थानीय सरकारको संयुक्त लगानीमा रंगशाला निर्माणको काम सुरू भएको हो ।

वैशाख ३, २०८३

विनय आजाद

Construction of cricket stadium in Lahan moves forward

सिरहा — सिरहाको लहान नगरपालिका-४ स्थित यज्ञभूमिमा क्रिकेट रंगशाला निर्माणको काम अघि बढेको छ । संघ र स्थानीय सरकारको संयुक्त लगानीमा रंगशाला निर्माणको काम सुरू भएको हो ।

रंगशाला निर्माणका लागि नगर प्रमुख महेश प्रसाद चौधरीले बिहीबार औपचारिक रूपमा शिलान्यास गरे । रंगशाला निर्माणका लागि कुल आठ करोड २३ लाख रुपैयाँको लागत अनुमान गरिएकोमा सञ्जय जेसी तनिष्का जेभी निर्माण कम्पनीले ५ करोड ६२ लाखमा ठेक्का लिएको छ ।

यसका लागि नगरपालिकाले ५ करोड तथा संघ सरकारले ३ करोड रुपैयाँ विनियोजन गरेको थियो । नगरपालिका र निर्माण कम्पनीबीच भएको ठेक्का सम्झौताअनुसार यो रंगशाला २०८३ चैतभित्रै निर्माण भइसक्नुपर्नेछ ।

यो क्रिकेट रंगशाला निर्माण भएसँगै यहाँका प्रतिभाहरू मूलधारमा आउने र लहान खेलकुदको हब बन्ने विश्वास नगर प्रमुख चौधरीले व्यक्त गरे । यसले स्थानीय अर्थतन्त्र र पर्यटनमा पनि सकारात्मक प्रभाव पार्ने उनले बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully