आजदेखि सातदोबाटो पौडी पोखरी सञ्चालन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख भोजानन्द राईले पूजा गरेपछि पौडी पोखरी सञ्चालनमा आएको हो ।

वैशाख २, २०८३

इकान्तिपुर डेस्क

Satdobato swimming pool to open from today

काठमाडौं — सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि सञ्चालनमा आएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख भोजानन्द राईले पूजा गरेपछि पौडी पोखरी सञ्चालनमा आएको हो । उक्त अवसरमा आपूर्ति तथा भण्डार शाखाका प्रमुख देवराज कटवाल, अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख लीलाराम बस्नेतलगायत उपस्थित थिए ।

हरेक दिन पौडी पोखरी १०–१२, १–३ र ४–७ बजेसम्म गरी ३ सिफ्टमा सञ्चालन हुनेछ । पहिलो र दोस्रो सिफ्टका लागि २०० तथा तेस्रो सिफ्टका लागि २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक र फरक क्षमताका लागि विशेष छुटको व्यवस्था गरिएको छ ।

जाडोयाममा नियमित बन्द हुने आउटडोर पोखरी गत १० असोजदेखि बन्द गरिएको थियो । आउटडोर पोखरीको छेउमै रहेको हिटिङ पौडी पोखरी भने नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।

इकान्तिपुर

Link copied successfully