छात्रातर्फ गोरखा फुटबल क्लब विजयी ।
गोरखा — द ओसन क्लबको आयोजनामा भएको यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि कटारी टाइगर फुटबल क्लब उदयपुरले जितेको छ ।
नारायणगढ फुटवल क्लब चितवन र कटारी टाइगर उदयपुरबीच भएको खेलमा १–० गोल अन्तरले कटारी टाइगर विजयी भएका हो । कटारी टाइगरले २५ हजार नगदका साथमा रनिङ शिल्ड, ट्रफी र मेडल पुरस्कार पाएको छ ।
चैत २७ देखि मंगलबारसम्म गोरखा नगरपालिका–९ स्थित कृत्रिम घाँसे मैदानमा भएको प्रतियोगितामा देशभरबाट यू–१३ उमेर समूहका १२ टिमको सहभागिता थियो ।
त्यस्तै दोस्रो बनेको नारायणगढ फुटबल क्लबले १५ हजार नगदका साथमा मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै छात्रातर्फ गोरखा फुटबल क्लब विजयी बनेको छ । एम्बेस्टर फुटबल क्लब चितवनलाई पेनाल्टीसुटआउटमा ३–१ गोल अन्तरले हराउँदै गोरखा विजयी बनेको हो ।
छात्रातर्फ विजयी वनेको गोरखाले १५ हजार नगद पाएको छ भने दोस्रो बनेको चितवनले ७ हजार ५ सय नगद पुरस्कार पाएको छ । लिगकम नकआउटका आधारमा प्रतियोगिता संचालन भएको थियो । त्यस्तै फेयर प्ले अवार्ड, उत्कृष्ट गोल रक्षक र प्रतिभावान खेलाडीलाई पनि पुरस्कार प्रदान गरिएको छ ।
