पहल र सुमित्रा भलिबलको सर्वोत्कृष्ट

नेपाल भलिबल संघ (एनभीए) ले सोमबार प्रदान गरेको अवार्डमा नेपाल पुलिस क्लबका पहल र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबकी सुमित्रा वर्ष २०८२ को सर्वोत्कृष्ट हुँदै जनही ५० हजार पुरस्कार जिते ।

चैत्र ३०, २०८२

कान्तिपुर संवाददाता

Pahal and Sumitra are the best of volleyball

काठमाडौँ — भलिबल खेलाडीद्वय पहल गहतराज र सुमित्रा रेग्मी छैटौं एनभीए अवार्डमा सर्वोत्कृष्ट खेलाडी भएका छन् ।

नेपाल भलिबल संघ (एनभीए) ले सोमबार प्रदान गरेको अवार्डमा नेपाल पुलिस क्लबका पहल र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबकी सुमित्रा वर्ष २०८२ को सर्वोत्कृष्ट हुँदै जनही ५० हजार पुरस्कार जिते ।

Pahal and Sumitra are the best of volleyball

नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तारमा योगदान पुर्‍याएवापत् वरिष्ठ भलिबल प्रशिक्षक भरत यादवलाई सम्मान गरियो । वर्षको इमर्जिङ प्लेयरमा त्रिभुवन आर्मी क्लबका विवश थापा र एभरेस्ट भलिबल क्लब बुटबलकी मीना सुनारलाई अवार्ड प्रदान गरियो । उनीहरूले जनही ५० हजार पाए । खेलपत्रकारिताबाट मेरोखेल डटकमका सम्पादक श्रीविक्रम भण्डारीलाई ५० हजारसहित अवार्ड प्रदान गरियो ।

Pahal and Sumitra are the best of volleyball

प्रशिक्षकतर्फ पुरुषमा नेपाल पुलिस क्लबका चन्द्रबहादुर कुँवर र महिलातर्फ न्यु डायमन्ड क्लबका कुमार राईले अवार्ड पाए । उनीहरूले पनि जनही ५० हजार पाए । भलिबल प्रशिक्षक जगदीश भट्टलाई विशेष अभिनन्दन गरिएको थियो ।

Pahal and Sumitra are the best of volleyball

काभा महिला यू–१९ भलिबलमा उपविजेता बनेको टोलीलाई ६ लाखसहित सम्मान गरिएको थियो । पुलिस क्लबले पुरुषतर्फ र न्यु डायमन्डले महिलातर्फ उत्कृष्ट टिमको अवार्ड पाए । दुवैले २–२ लाख पाए ।

२०७४ साल जेठ ८ गते भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको थियो । त्यसपछि नेपाल भलिबल संघले यो अवार्ड सुरु गरेको थियो । तत्कालीन अध्यक्ष मनोरन्जन रमण शर्माले १० लाखको अक्षयकोष स्थापना गरेर अवार्ड सुरुआत गरेका थिए ।

कान्तिपुर

Link copied successfully