१४२ बल सामना गरेका उनले १७ छक्का र १५ चौका हानेका हुन् ।
काठमाडौँ — आसिफ शेख घरेलु राष्ट्रिय प्रतियोगितामा दोहोरो शतक हान्ने पहिलो खेलाडी बनेका छन् । पीएम कपअन्तर्गत सोमबार वीरगन्जस्थित नारायणी क्रिकेट रंगशालामा मधेश प्रदेशविरुद्ध भएको खेलमा आसिफले २०८ रन बनाएका हुन् । १४२ बल सामना गरेका उनले १७ छक्का र १५ चौका हानेका हुन् ।
ओपनिङ ब्याटर आसिफ रिटार्यड आउट हुँदै पेभेलियन फर्किएका थिए । पीएम कपको यही संस्करणमा उनले शतक बनाइसकेका छन् । मूलपानीमा भएको बागमतीविरुद्धको खेलमा उनले ११४ रन बनाएका थिए ।
यसअघि घरेलु राष्ट्रिय प्रतियोगितामा धेरै रन बनाउने रेकर्ड प्रदीप ऐरीको नाममा थियो । उनले २०१८ मा कीर्तिपुरमै भएको खेलमा एपीएफबाटै मधेश(प्रदेश २) विरुद्ध १५८ रन बनाएका थिए ।
