चीनको कुन्मिङमा भइरहेको प्रतियोगिताको क्वालिफाइङ चरणको दोस्रो खेलमा सोमबार अभिषेकले चिनियाँ खेलाडी जे लानलाई २–१ सेटले हराए ।
काठमाडौँ — नेपाली टेनिस खेलाडी अभिषेक बास्तोलाले आईटीएफ मेन्स वर्ल्ड टेनिस टुरअन्तर्गत एम२५ कुन्मिङ ओपन २०२६ को क्वालिफाइङ चरणमा अर्को विजय नतिजा निकालेका छन् ।
चीनको कुन्मिङमा भइरहेको प्रतियोगिताको क्वालिफाइङ चरणको दोस्रो खेलमा सोमबार अभिषेकले चिनियाँ खेलाडी जे लानलाई २–१ सेटले हराए ।
अभिषेकले ६–६, ३–६, १०–७ ले खेल जितेका थिए । अघिल्लो खेलमा भने उनी सोझो सेटमा विजयी भएका थिए । मंगलबार क्वालिफाइङ चरणको तेस्रो खेलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसमा अभिषेकले चीनका आठौं वरीयताप्राप्त मिन्हुई झाङविरुद्ध खेल्नेछन् ।
त्यसमा सफलता पाए उनी मेन्स सिंगलको मुख्य ‘ड्र’ का प्रतिस्पर्धी हुनेछन् । कुल ३० हजार डलर पुरस्कार राशिको क्ले कोर्टमा भइरहेको प्रतिस्पर्धा अप्रिल १९ सम्म चल्नेछ ।
अभिषेकले युटीआर प्रो टेनिस टुरमा झन्डै डेढ दर्जन प्रतियोगिता खेलिसकेका छन् । यस वर्ष उनको यो पहिलो आईटीएफको प्रतियोगिता हो । यसअघि पछिल्लो पटक उनले ग्वाममा खेलेका थिए ।
