अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत उनले दिएको अभिव्यक्ति खेल भावना विपरीत भएको निष्कर्ष निकाल्दै क्यानले उनीमाथि अनुशासनकाे कारबाही गरेकाे हाे।
काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर करण केसीलाई कारबाही गरेको छ।
अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत उनले दिएको अभिव्यक्ति खेल भावना विपरीत भएको निष्कर्ष निकाल्दै क्यानले उनीमाथि अनुशासनकाे कारबाही गरेकाे हाे।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार केसीलाई पीएम कपको एक खेलका लागि प्रतिबन्ध लगाइएको छ भने १०० प्रतिशत म्याच शुल्क पनि जरिवाना गरिएको छ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ चलिरहेकै अवस्थामा नेपाल पुलिस क्लबका खेलाडी केसीले अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिको आलोचना भएको थियो।
उक्त निर्णय सरोकारवाला पक्षहरूसँग समन्वय गरेर गरिएको क्यानले जनाएको छ।
क्यानले जारी गरेको प्रेस विज्ञप्तिमा खेलाडीहरूले खेल भावना र आचारसंहिता पालन गर्नुपर्नेमा जोड दिँदै यस्ता गतिविधि नदोहोर्याउन चेतावनी समेत दिइएको छ।