गण्डकीको सानदार जित, अर्जुनको शतकमा लुम्बिनी पराजित

टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले ४५ ओभरमा १० विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो ।

चैत्र २९, २०८२

शंकर आचार्य

Gandaki's stunning victory, Lumbini defeated by Arjun's century

पर्सा — अर्जुन कुमाल एक पटक फेरि वीरगन्जको टीबी शाह क्रिकेट मैदानमा चम्किएपछि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको छ। 

टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले ४५ ओभरमा १० विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो । 

लुम्बिनीका लागि सन्तोष यादवले ७७ बलमा ८२ रनको महत्त्वपूर्ण योगदान दिए भने सलाहुद्दिन खानले पनि ७७ बलमा ६० रन जोडे । गण्डकीका बलर विपिन खत्रीले ९ ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए भने अपराजित पौडेलले १० ओभरमा ४४ रन दिएर ३ विकेट लिए ।

२ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकीले ४४ ओभरमध्ये १ ओभरमा मात्र २ विकेट गुमाउँदै २ सय ११ रन बनाएर सहज जित निकाल्यो । गण्डकीका अर्जुन कुमालले उत्कृष्ट प्रदर्शन गर्दै १ सय ३० बलमा १ सय ३ रनको अविजित शतक प्रहार गरे । उनलाई सिब्रिन श्रेष्ठले ७७ बलमा ४३ रन बनाएर साथ दिए । लुम्बिनीका बलर दिनेश बोहोरा र सन्तोष यादवले समान १–१ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् । बोहोराले ३ ओभरमा २० रन दिई १ र यादवले ९ ओभरमा ३६ रन दिई १ विकेट हात पारे ।

सानदार शतक प्रहार गरेका अर्जुन कुमाल 'प्लेयर अफ द म्याच’ घोषित भए । उनले १ सय ३ रन बनाउँदा १३ चौका र १ छक्का प्रहार गरेका थिए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully