दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

स्थानीय शारीरिक सुगठनका प्रतिभालाई उजागर गर्दै शारीरिक रूपमा शरीरलाई स्वस्थ बनाउँदै आकर्षक जीउडाल बनाउन उत्प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

चैत्र २८, २०८२

मनोज पौडेल

Surendra Verma of Taulihawa becomes the second Mr. Kapilvastu

कपिलवस्तु — दोस्रो मिस्टर कपिलवस्तु शारीरिक संगठन प्रतियोगिताको उपाधि सुरेन्द्र बर्माले जितेका छन् । शारीरिक सुगठन तथा फिटनेस सामाजिक संस्थाद्वारा आयोजित प्रतियोगिताको उपाधि शनिबार तौलिहवाका ३२ वर्षीय बर्माले जितेका हुन् ।

स्थानीय शारीरिक सुगठनका प्रतिभालाई उजागर गर्दै शारीरिक रूपमा शरीरलाई स्वस्थ बनाउँदै आकर्षक जीउडाल बनाउन उत्प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । उनलाई शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले ट्रफी, प्रमाणपत्र र नगद ५० हजार प्रदान गरे । उनी पहिलो मिस्टर कपिलवस्तु विजेतासमेत हुन् । 

६० किलो, ६५ किलो, ७० किलो र ७० किलो प्लस गरी ४ क्याटोगरीमा शारीरिक सुगठन प्रतियोगिता गराइएको थियो । प्रत्येक क्याटोगरीमा प्रथम हुनेलाई सहभागी गराई ओभरअलमा दोस्रो मिस्टर कपिलवस्तु प्रतियोगिता गराइएको थियो ।

६५ केजी तौल समूहमा प्रथम भएका बर्मा ओभरअलको उपाधि जितेर दोस्रो मिस्टर कपिलवस्तु च्याम्पियन बनेका हुन् । प्रत्येक क्याटोगरीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully