शनिबार भएको फाइनल खेलमा पाल्पालाई ३-० को सोझो सेटमा पराजित गर्दै रुपन्देहीले उपाधि हात पारेको हो । रुपन्देहीले पहिलो सेटमा २५-१७, दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा ३०-२८ ले पाल्पालाई हराएको हो ।
दाङ — चैत २५ गतेदेखि घोराहीमा जारी मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा पाल्पालाई ३-० को सोझो सेटमा पराजित गर्दै रुपन्देहीले उपाधि हात पारेको हो । रुपन्देहीले पहिलो सेटमा २५-१७, दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा ३०-२८ ले पाल्पालाई हराएको हो ।
उपाधिसँगै रूपन्देहीले नगद १ लाख, ट्रफी र मेडल हात पारेको छ भने पाल्पाले नगद ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी प्रतियोगितामा रुकुम पूर्व तेस्रो र बर्दिया चौथो भएका छन् । रुकुमले बर्दियालाई ३-१ को सेटमा हराउँदै रुकुम पूर्वले तेस्रो स्थान हात पारेको हो । पहिलो सेट हारेको रुकुम पूर्वले त्यसपछि लगातार तीन सेट जित्दै तेस्रो स्थान बनाउन सफल भएको हो ।
तेस्रो भएको रुकुम पूर्वले नगद ३५ हजार र सान्त्वना भएको बर्दियाले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ ।