रियललाई जिरोनाको बराबरी धक्का

स्पेनी ला लागि उपाधि होडमा रियल म्याड्रिडको चुनौती शुक्रबार अझ कमजोर भएको छ ।

चैत्र २८, २०८२

रासस

Real Madrid suffer shock draw with Girona

काठमाडौँ — स्पेनी ला लागि उपाधि होडमा रियल म्याड्रिडको चुनौती शुक्रबार अझ कमजोर भएको छ । उसलाई आफ्नो घरमै जिरोनाले १–१ को निराशाजनक बराबरीमा रोकेको हो । खेलको दुवै गोल दोस्रो हाफमा भएको हो ।

बर्नाबाउमा भएको खेलमा रियलले फेड भाल्भेरडेको गोलले अग्रता लिएको थियो । तर थोसम लामेरले जिरोनाका लागि बराबरी गोल फर्काए । यो नतिजापछि रियल ३१ खेलबाट ७० अंकमा दोस्रो स्थानमा रह्यो । यो शीर्षमा रहेको बार्सिलोनासँग छ अंकको दूरी हो ।

अब आइतबार बार्सिलोनाले इस्पनयोलको सामना गर्नेछ र त्यसमा जित निकाल्दै लिग तालिकाको शीर्षमा नौ अंकको ठोस अग्रता लिन सक्नेछ । जिरोना भने ३८ अंकमा १२ औं स्थानमा रह्यो ।

रासस

Link copied successfully