७ स्वर्ण, समान ३ रजत र कांस्यसहित पुलिस टिम च्याम्पियन बनेको छ । एपीएफ दोस्रो र त्रिभुवन आर्मी क्लब तेस्रो भए । एपीएफले ६ स्वर्ण, ३ रजत र ४ कांस्य तथा आर्मीले ४ स्वर्ण, ६ रजत र १ कास्य जितेको थियो ।
काठमाडौँ — नेपाल पुलिस क्लब पाँचौं कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ ।
७ स्वर्ण, समान ३ रजत र कांस्यसहित पुलिस टिम च्याम्पियन बनेको छ । एपीएफ दोस्रो र त्रिभुवन आर्मी क्लब तेस्रो भए । एपीएफले ६ स्वर्ण, ३ रजत र ४ कांस्य तथा आर्मीले ४ स्वर्ण, ६ रजत र १ कास्य जितेको थियो ।
पुलिसकी वर्षा बुढा मगर र एपीएफका प्रदीप बैजाली मगर वेस्ट फाइटर घोषित भए । उनीहरूले नेपाल कराते महासंघका उपाध्यक्ष महेन्द्रबहादुर सिंहबाट सौजन्य प्राप्त २५ हजार रुपैयाँ प्राप्त गरे।
कोशी सृजना खुलाल र सुदूरपश्चिमका विष्णु विक उदीयमान खेलाडीले घोषित भए । उनीहरूले अर्बजाको गी प्राप्त गरे ।
टिम च्याम्पियनले पुलिसले ट्रफीसहित १ लाख ५० हजार, दोस्रो एपीएफले ७५ हजार र तेस्रो आर्मीले ३५ हजार रुपैयाँ पाए ।
सातदोबाटोस्थित कराते एकेडेमीमा सबै १७ इभेन्टको फाइनल शनिबार भएको थियो। पुरुष ५० केजीमा पुलिसका राकेश मानन्धरले स्वर्ण पदक जिते । राकेशले फाइनलमा गण्डकी प्रदेशका बमिन गुरुङलाई ६–१ ले हराए । सुदूरपश्चिम प्रदेशका गजेन्द्र साउद र पुलिस क्लबका सुजन तामाङले कांस्य पदक जिते । पुरुष ८४ केजीमुनि एपीएफका मोहम्मद शेखु आलमले फाइनलमा कृष्ण बुढा मगरलाई ७–० ले हराए । पुलिसका सुरज राजबाहक र गण्डकीका रोशन गरञ्जाले कांस्य पदक जिते ।
महिला ६८ केजीमुनि फाइनलमा पुलिसकी आशिका राईले आर्मीकी सम्पदा केसीलाई १–० ले हराएर स्वर्ण पदक जितिन् । लुम्बिनीकी रबिना घर्ती मगर र बागमतीकी उरुषा पहारीले कांस्य जिते ।
महिला ४५ केजीमुनिको तौल समूहमा पुलिसकी वर्षा बुढा मगरले स्वर्ण पदक जितिन् । उनले फाइनलमा एपीएफकी आस्था लुहारलाई ९–० ले पराजित गरिन् ।
५५ केजीमा एलोन श्रेष्ठ, महिला ५० केजीमुनि एपीएफकी अन्जली महर्जन, पुरुष ६० केजीमुनि एपीएफका मीनबहादुर तामाङ, महिला ५५ केजीमुनि आर्मीकी प्रियंका शाही, पुरुष ६७ केजीमुनि एपीएफका प्रदीप बैजाली प्रदीप मगर, महिला ६१ केजीमुनि पुलिसकी निरुपा तामाङ दोङले स्वर्ण पदक जिते ।
आर्मीका शिवु ओडले पुरुष ७५ केजीमुनिको स्वर्ण पदक जिते भने आर्मीकी श्रद्धा थापाले महिला ६८ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितिन् । पुरुष ८४ केजीमा तेन्जिङ शेर्पाले स्वर्ण पदक जिते ।
नेपाल पुलिस क्लबका स्वनिम मानन्धर र त्रिभुवन आर्मी क्लबकी सानुमाया थिङ एकल कातामा च्याम्पियन भएका छन् ।
स्वनिम लगातार चौथो पटक पुरुष एकल कातामा स्वर्ण जितेका छन् । फाइनलमा स्वनिमले आर्मीका प्रवीण मानन्धरलाई हराए ।
महिला टिम काताको महिला पुलिस च्याम्पियन बनेको छ । पुलिसले फाइनलमा आर्मीलाई हरायो । बागमती र सुदूरपश्चिम प्रदेशले तेस्रो भए । पुरुष टिम कातामा पनि पुलिस च्याम्पियन बन्यो । आर्मीले रजत, बागमती र एपिएफले कास्य पदक जिते ।
