युवा खेलाडीलाई प्रतिभा प्रदर्शन गर्न अवसर प्रदान गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उद्घाटन गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की र पूर्वमन्त्री विशाल खड्काले गरे ।
काठमाडौँ — गौरीशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ । युवा खेलाडीलाई प्रतिभा प्रदर्शन गर्न अवसर प्रदान गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उद्घाटन गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की र पूर्वमन्त्री विशाल खड्काले गरे ।
अध्यक्ष कार्कीले गौरीशंकर क्रिकेट एकेडेमीले युवा पुस्तालक्षित गर्दै यस्ता प्रतियोगिता आयोजना गर्नु अत्यन्त प्रशंसनीय कार्य भएको बताए ।
दुई खेल पनि भएको छ । पहिलो खेलमा जोरपाटी क्रिकेट एकेडेमीले गौरीशंकर क्रिकेट एकेडेमीलाई ९ रनले र दोस्रो खेलमा नेक्सस क्रिकेट एकेडेमीले सीईसी काठमाडौंलाई ३० रनले हराएको छ ।
प्रतियोगितामा १८ टिमको सहभागिता रहने छ र प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
