हक्की टोलीको पहिलो पटक जर्सी सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य रामचरित्र मेहता र नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले संयुक्त रूपमा हक्की टिमको जर्सी अनावरण गरे ।

चैत्र २७, २०८२

कान्तिपुर संवाददाता

Hockey team's jersey unveiled for the first time

काठमाडौँ — नेपाली राष्ट्रिय हक्की टोलीको पहिलो पटक आधिकारिक जर्सी शुक्रबार सार्वजनिक गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य रामचरित्र मेहता र नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले संयुक्त रूपमा हक्की टिमको जर्सी अनावरण गरे । संघले पुरुष टिमका लागि रातो र महिला टिमका लागि गुलाबी रङको जर्सी तयार पारेको हो ।

सदस्य सचिव मेहताले हक्की संघको जर्सी बनाउने कार्यको प्रशंसा गर्दै हक्की खेललाई चिनाउन मदत पुग्ने विश्वास व्यक्त गरे । उनले हक्की खेलको विकास र पूर्वाधार निर्माणका लागि राखेपले आवश्यक सहयोग गर्दै आएको स्मरण गराए । संघकी महासचिव सुवर्ण श्रेष्ठले हक्की संघले राष्ट्रिय टिमको जर्सी सार्वजनिक गर्दै गरेर नयाँ परम्परा थालनी गरेको र यसले हक्कीबारे राम्रो सन्देश दिने अपेक्षा गरेको बताइन् । उनले आगामी दिनमा जर्सीमा प्रायोजकसमेत खोज्ने योजना रहेको बताइन् । 

संघले शुक्रबारै महिला र पुरुषको राष्ट्रिय टिमका लागि २६–२६ खेलाडीको सूचीसमेत सार्वजनिक गरेको छ । फागुनमा काठमाडौंमा सम्पन्न राष्ट्रिय हक्की प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा संघले राष्ट्रिय टिम छनोट गरेको महासचिव श्रेष्ठले जानकारी गराइन् ।

Hockey team's jersey unveiled for the first time

कान्तिपुर

Link copied successfully