मोनालिशा गिफ्ट अफ चेसकी एम्बासडर

न्युयोर्क मुख्यालय रहेको गिफ्ट अफ चेसले बिहीबार खम्बूलाई एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो । यससँगै ३४ वर्षीया खम्बू नेपाली चेसमा अन्तर्राष्ट्रिय संस्थाको पहिलो एम्बासडर बनेकी छन् ।

चैत्र २५, २०८२

कास

Monalisa is the ambassador of Gift of Chess.

काठमाडौँ — संयुक्त राष्ट्र संघ (यूएन) को मान्यताप्राप्त अमेरिकी संस्था ‘द गिफ्ट अफ चेस’ ले हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूलाई नेपालका लागि एम्बासडर घोषणा गरेको छ ।

न्युयोर्क मुख्यालय रहेको गिफ्ट अफ चेसले बिहीबार खम्बूलाई एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो । यससँगै ३४ वर्षीया खम्बू नेपाली चेसमा अन्तर्राष्ट्रिय संस्थाको पहिलो एम्बासडर बनेकी छन् । बोर्डभित्र र बाहिरको उपलब्धिका लागि मोनालिशालाई एम्बासडर चयन गरेको गिफ्ट अफ चेसले जनाएको छ ।

मोनालिशाको चेसमा दुई दशक बढी यात्राको कथा पोस्ट गर्दै गिफ्ट अफ चेसले उनको माध्यमबाट नेपालका विद्यालय, जेल र सामुदायिक केन्द्रमा १ हजार चेस सेट वितरण गर्ने पनि उल्लेख गरेको छ । मोनालिशा महिलातर्फ कीर्तिमानी पहिलो राष्ट्रिय चेस च्याम्पियन हुन् । उनले दुई वर्षअघि हिमालयन चेस एकेडेमी स्थापना गरेयता दुई सय बढीलाई प्रशिक्षणका साथै दर्जन बढी प्रतियोगिता गरिसकेकी छन् ।   

कास

Link copied successfully