प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी हुने जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुरेश सिंघकले जानकारी दिए ।
ताप्लेजुङ — बिहीबारदेखि यहाँ कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु हुने भएको छ ।
जिल्ला ब्याडमिन्टन संघ ताप्लेजुङको आयोजनामा सदरमुकाम फुङलिङको इन्द्रेणी कोर्टमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी हुने जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुरेश सिंघकले जानकारी दिए । उनका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा मेन्स सिङ्गल र मिक्स डबल खुला प्रतियोगिता हुनेछ । विजेताले २५ हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
उपाध्यक्ष वसन्तकुमार गुरुङका अनुसार बिहीबार बिहान सुरु भई शनिबार प्रतियोगिताको समापन हुनेछ ।
