फाप्ला क्रिकेट रंगशाला सरकारको प्राथमिकतामा: मन्त्री पोखरेल

मंगलबार रंगशालाको स्थलगत निरीक्षणपछि मन्त्री पोखरेलले निर्माण कार्य अघि बढाउन सबै सरोकारवालासँग समन्वय भइरहेको जानकारी दिए ।

चैत्र २४, २०८२

टेकराज जोशी

Fapla Cricket Stadium a priority for the government: Minister Pokharel

What you should know

धनगढी — शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आगामी आर्थिक वर्षमा सरकारले सक्दो बजेट विनियोजन गर्ने विषयमा छलफल भइरहेको बताएका छन् । 

मंगलबार रंगशालाको स्थलगत निरीक्षणपछि मन्त्री पोखरेलले निर्माण कार्य अघि बढाउन सबै सरोकारवालासँग समन्वय र छलफल भइरहेको जानकारी दिए । 

देशको समग्र आर्थिक अवस्थालाई ध्यानमा राख्दै विभिन्न क्षेत्रमा स्रोत आवश्यक रहेकाले बजेट व्यवस्थापन चुनौतीपूर्ण भए पनि सरकारले फाप्ला रंगशालालाई प्राथमिकतामा राखेको मन्त्री पोखरेलले बताए ।  

मन्त्री पोखरेलले फाप्ला रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको उल्लेख गर्दै सुदूरपश्चिममा क्रिकेटप्रति उच्च आकर्षण रहेको विषयमा आफmु जानकार रहेको बताए । ‘यहाा क्रिकेटको ठूलो त्रेज छ, त्यसलाई ध्यानमा राख्दै निर्माणका लागि स्रोत सुनिश्चित गर्न हामी लागिपरेका छौं,’ उनले भने । 

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवाश शाहीले रंगशालाको हालसम्मको प्रगति विवरण मन्त्री पोखरेलसमक्ष प्रस्तुत गरेका थिए । उनले मैदान निर्माणका प्रारम्भिक तयारीका सम्पूर्ण काम सम्पन्न भइसकेको जानकारी दिए । ‘जग्गा प्राप्ति भइसकेको छ, डीपीआर तयार भइसकेको छ र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पनि स्वीकृत भइसकेको छ,’ अध्यक्ष शाहीले भने, ‘हालै यो परियोजना राष्ट्रिय योजना आयोगको ‘प्रोजेक्ट बैंक’मा समेत समावेश भइसकेको छ ।’

सरकार सकारात्मक देखिएकाले बजेटको स्रोत सुनिश्चित भएलगत्तै निर्माण कार्य अघि बढ्ने उनले बताए । ‘यो परियोजनाको बजेट आकार ठूलो भएकाले खेलकुद मन्त्रालय मात्र नभई भौतिक पूर्वाधार मन्त्रालय, पर्यटन मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट समेत विशेष चासोका साथ अघि बढाउने विषयमा सकारात्मक संकेत देखिएको छ,’ उनले भने । अध्यक्ष शाहीले आगामी आर्थिक वर्षभित्र निर्माणका लागि टेन्डर आहृवान गर्ने विषयमा समेत छलफल भइरहेको जानकारी दिए । 

टेकराज जोशी कान्तिपुरका धनगढी संवाददाता हुन्।

Link copied successfully