आर्मी रोमाञ्चक जितसहित फाइनलमा

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको पहिलो क्वालिफायरमा आर्मीले गोल्डनगेट बास्केटबल क्लबलाई ८०–७१ स्कोरले पराजित गरेको थियो । आर्मीले यस सिजन गोल्डेनगेटविरुद्ध खेलेका तीनै खेल जितेको छ ।

चैत्र २४, २०८२

कान्तिपुर संवाददाता

Army enters final with thrilling win

काठमाडौँ — विभागीय टोली त्रिभुवन आर्मी क्लबले मंगलबार हिमालयन जाभा बास्केटबल लिगको फाइनल तय गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको पहिलो क्वालिफायरमा आर्मीले गोल्डनगेट बास्केटबल क्लबलाई ८०–७१ स्कोरले पराजित गरेको थियो । आर्मीले यस सिजन गोल्डेनगेटविरुद्ध खेलेका तीनै खेल जितेको छ । यसअघि लिग चरणका दुवै खेलमा पनि आर्मीले सफलता पाएको थियो ।

सुरुआती क्वाटरमा पछि परेको आर्मीले चौथो क्वाटरमा सानदार प्रदर्शन गर्दै जित निकाल्यो । गोल्डेनगेटले २५–१७ को अग्रता लियो तर दोस्रो क्वाटर १३–१३ स्कोरको बराबरीमा टुंगियो । गोल्डेनगेट हाफटाइमसम्म ३८–३० ले अगाडि थियो । तेस्रो क्वाटर २४–२१ ले आफ्नो पक्षमा पारेको गोल्डेनगेट ६२–५१ को अग्रतामा अन्तिम क्वाटरमा भिडेको थियो । तर आर्मीले चौथो क्वाटरमा गजबको प्रदर्शन गर्‍यो । आर्मीले २९–९ ले क्वाटर आफ्नो पक्षमा पार्दै ८०–७१ स्कोरले खेल जित्यो । आर्मीका कप्तान विनोद महर्जन म्यान अफ द म्याच घोषित भए ।

आर्मीले शनिबार हुने फाइनलमा स्थान पक्का गर्दा गोल्डेनगेटले भने फाइनल पुग्न अर्को अवसर पाउनेछ । अब टाइम्स र केभीसी हाउन्ड्सबीच हुने एलिमिनेटर विजेतासँग गोल्डेनगेटले दोस्रो क्वालिफायर खेल्नेछ । 

कान्तिपुर

Link copied successfully