बायर्नको उत्कृष्ट पुर्नआगमन जित

जोन मन्जाम्बी र लुकास होलरले दोस्रो हाफमा गोल गरेपछि फ्रेबर्गले दुई गोलको अग्रता लिएको थियो ।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

Bayern's great comeback win

काठमाडौँ — बायर्न म्युनिकले दुई गोलले पछाडि रहेको स्थितिबाट शनिबार जर्मन बुंडेसलिगामा फ्रेबर्गलाई ३–२ ले पराजित गरेको छ । जोन मन्जाम्बी र लुकास होलरले दोस्रो हाफमा गोल गरेपछि फ्रेबर्गले दुई गोलको अग्रता लिएको थियो ।

टम बिसचोफले खेलको अन्त्यतिर दुई गोल गरेपछि बायर्नले खेल बराबरीमा ल्याएको थियो । त्यसपछि इन्ज्युरी समयको नवौं मिनेटमा लेनार्ट कार्लले बायर्नका लागि विजयी गोल गरे । यो जितपछि बायर्नको २८ खेलबाट ७३ अंक भएको छ ।

बायर्नलाई शीर्षमा नौ अंकको अग्रता प्राप्त छ । बोरुसिया डर्टमुन्ड समान खेलबाट ६४ अंकमा दोस्रो स्थानमा छ । डर्टमुन्डले शनिबारकै अर्को खेलमा स्टुटगार्टलाई २–० ले पराजित गरेको थियो ।

कान्तिपुर

Link copied successfully