रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागिता छ ।

चैत्र २०, २०८२

माधव ढुंगाना

Rupandehi Super League: Star Cricket Club wins

भैरहवा — २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गरेको हो ।  

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो । स्टारका लागि कृष्ण कुावरले ४४, फैजन खाानले २३, सिद्धार्थ ढकालले १६, गणेश धितालले १४ र विन्दराम यादवले १० रन बनाए ।

बलिङमा बुटवल–११ का तौसिफ आलमले ५, आकाश अर्यालले २ तथा थानेश्वर भट्टराई र विभेष खातीले १–१ विकेट लिए ।

जवाफमा बुटवल–११ ले ३४ ओभर २ बलमा सबै विकेट गुमाएर जम्मा ८९ रन मात्रै बनायो । बुटवल–११ लाई सस्तैमा रोक्न बलिङमा स्टारका तुलबहादुर थापाले ३, गणेश धिताल र कृष्ण विकले २–२ तथा अनिश भट्टराई र इलजान खानले १–१ विकेट लिए ।

बुटवल–११ का रोजन रेग्मीले १४, रोहितकुमार पासवानले १३ र विभेष खातीले १० रन बनाए । खेलमा तुलबहादुर थापा प्लेयर अफ द म्याच भई १ हजार हजार २ सय रुपैयाँ प्राप्त गरे ।

रूपन्देही क्रिकेट संघको आयोजनामा सञ्चालित यस प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागिता छ ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully